Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


हिमालयन हाइड्रो एक्स्पो हुने


0
Shares

आगामी पुस २१ देखि २३ गतेसम्म सन्चालन हुने हाइड्रो मेलामा नेपालसहित जर्मनी, भारत, कोरिया, चीन, अमेरिका, बेलायत र नर्वेलगायतको सहभागिता रहने जनाइएको छ ।

बिजुलीको बजार विस्तार, सस्तो मूल्यमा बिजुलीको बिक्री र छोटो समयमा आयोजना निर्माण गराउन सहयोग पुर्‍याउने उद्देश्यले मेला गर्न लागेको आइपानका अध्यक्ष सैलेन्द्र गुरागाइँले बताए ।

नेपाली र विदेशीसहित ३०० स्टलहरु रहने आइपानले जनाएको छ ।

मेलामा जलविद्युत् प्रवद्र्धक, लगानीकर्ता, इक्युपमेन्ट सप्लायर, बैंक, जलविद्युत्का नयाँ प्रविधि र इन्जिनियरको सहभागिता रहने जनाइएको छ ।