नेपाल इन्भेस्टमेन्ट बैंकले बैंकका भिसाकार्ड सञ्जालसँग आवद्ध बैंकहरुले संयुक्तरुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।
डेबिट वा क्रेडिटकार्डको प्रयोग गरी रेस्टुरेन्ट एवं सामान खरिद गरे खरिद मूल्यको १० प्रतिशत नगद छुट पाइने जनाइएको छ ।
बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा एटीएमबाट पैसा नझिकी सीधै बिक्री केन्द्रहरुमा कार्डबाट भुक्तानी गर्ने बानीको विकास गर्न मूल्यको १० प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।
चाडपर्वलाई लक्षित गरी ल्याइएको यो योजनामा एकपटकमा कम्तीमा ५०० रुपैयाँको सामान खरिद गर्नुपर्ने र कार्डबहाकले प्रत्येक दिन एक हजार रुपैयाँसम्ममात्र नगद फिर्ता पाउने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्