दसैंको किनमेल गर्नेहरुको बजारमा घुइँचो पनि लागेको छ । तर, अत्यावश्यक सामग्रीको मूल्य दोब्बर नै बनाइएकाले सर्वसाधारणहरु खिन्न हुने गरेका छन् ।
राजधानीका असन, इन्द्रचोक, जमल, न्यूरोड, सुन्धारालगायतका मुख्य व्यापारिक केन्द्रहरुमा दसैंको किनमेल गर्नेहरुको भीडभाड हुन थालेको छ । किनमेलमा जानेहरुका कारण बाटोमा हिँड्नै मुस्किलसमेत हुने गरेको छ ।
किराना पसलदेखि सुन पसलसम्म र फुटपाथे पसलदेखि ठूला महलसम्म पनि भीडभाड उस्तै देखिन्छ ।
तर, अत्यावश्यक सामग्रीहरुको मूल्य भने गत वर्षको तुलनामा निकै बढेको गुनासो सर्वसाधारणले गरेका छन् ।
भारतबाट भित्रिएका सामानमा ८ देखि १० प्रतिशतका दरले मूल्यवृद्धि गरिएको छ भने स्थानीय सामग्रीको मूल्य पनि उस्तै गरी बढाइएको छ ।
बजार मूल्य अचाक्ली देखेपछि दसैंको किनमेलका लागि बजार पुगेका सर्वसाधारणहरु भने खिन्न हुने गरेका छन् ।
दसैंमा जिरा, धनिया, तेल, गेडागुडी र कपडा बढी खपत हुने गरेको छ । तर, ती साम्रगीको मूल्य भने छुनै नसक्ने गरी बढेको सर्वसाधारण बताउँछन् ।
महँगी बढेपनि जसोतसो गरी पर्व मनाउने आँट सर्वसाधारणले गर्ने गर्दछन् । दसैं मनाउन नै २५ लाख मानिसले राजधानी छोड्ने गरेका छन् । आफन्त भेट हुने, रमाइलो गर्ने मीठो–मसिने खाइ दसैं मनाउने तयारीमा जुटेको छन्, सर्वसाधारण ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्