Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पर्यटन मन्त्री देवले निर्वाचन आयोगलाई बुझाए स्पष्टीकरण


0
Shares

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।

आयोगका प्रवक्ता नवराज ढकालले पर्यटनमन्त्री देवले आइतबार आयोगमा उपस्थित भई स्पष्टीकरण बुझाएको जानकारी दिए ।

आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो । (रासस)