१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


प्रहरीलाई हेरेर मुस्काएका ४ महिने बालकको तस्वीर भाइरल, यस्तो छ कहानी


0
Shares

भारतीय संचारमाध्यमका अनुसार चार महिने यी बालकलाई एक समूहले अपहरण गरेको थियो । फैजान खान नाम गरेका यी बालक आफ्नी आमासँग फुटपाथमा बस्दै आएका थिए ।

उनकी आमाले प्रहरीसमक्ष बालक अपहरणको उजुरी गरेकी थिइन् । प्रहरीले १६ घण्टाभित्रै यी बालकलाई सकुशल उद्धार गरेको थियो ।

खोजतलासमा खटिएको टिमकै सदस्य इन्सपेक्टर आर संजय कुमारले ती बालकलाई आफ्नो हातमा लिए । संजय कुमारको मुहारमा हेरेर ती बालकले अलौकिक मुस्कान छरे ।

प्रहरीले अपहरणमा संलग्न दुई जनालाई पक्राउसमेत गरेको छ । अपहरणकारीले बिक्री गर्ने उद्देश्यले बालकको अपहरण गरेको बताइएको छ ।

एडिस्नल कमिस्नर स्वाति लकाराले उक्त तस्वीर ट्विट गर्दै इन्सपेक्टर संजय कुमारको टिमले ती बालकलाई अपहरणमुक्त गराएको उल्लेख गरेकी छन् । उनले बालकको मुस्कानले नै सबैकुरा बयान गरेको टिप्पणी पनि गरेकी छन् । (एजेन्सी)