२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बाँकेमा बस लौकीखोलामा खस्यो, तीनजनाको मृत्यु, १२ घाइते


0
Shares

काठमाडौंबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरको बस दाङभन्दा केही पर पुगेपछि सडकबाट करिब १५ मिटर तल खोलामा खसेको हो ।

मृत्यु हुनेमध्ये नेपाली सेनामा कार्यरत् रवीन्द्र पाण्डेकोमात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु १२ जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।