१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


भारतमा सातजना पत्रकारविरुद्ध एक अर्ब भारु क्षतिपूर्तिसहित मानहानिको मुद्दा


0
Shares

सोमबार शाहले आफ्ना बाबुविरुद्ध रिपोर्ट लेख्ने अनलाइन न्यूज ‘द वायर’का सातजना भारतीय पत्रकारविरुद्ध एक अर्ब भारु क्षतिपूर्ति मागसहित अहमदाबादको ‘मेट्रोपोलिटियन कोर्ट’मानहानीको मुद्दा हालेका हुन् ।

अनलाइन न्यूज पोर्टल ‘द वायर’का सम्वाददाता रोहिणी सिंह, संस्थापक सम्पादक सिद्धार्थ वरदराजन, सिद्धार्थ भाटिया, एमके वेणु, मोनोबिना गुप्ता, पामेला फिलिपोजविरुद्ध मानहानी मुद्दा दायर भएको हो ।

साथै,जय अमित शाहले आफ्ना बुबा बीजेपी दलका अध्यक्ष अमित शाहको मानहानी गरेको भन्दै अन्य ‘द वायर’संग सम्बन्ध भएको ट्रस्ट‘फाउन्डेशन फर इन्डिपेन्डेन्ट जर्नलिज्म’लाई समेत विपक्षी बनाई मुद्दा दायर गरेका छन् ।

‘द वायर’का सम्वाददाता रोहिणी सिंहले गत बिहिबार अमित भाई शाहको कारोबारमा भएको अप्रत्याशित वुद्धिबारे एक रिर्पोट लेखेकी थिइन् । यसै समाचारको आधारमा विपक्षी दलले विरोध गरेपछि रेलमन्त्री पीयूष गोयलले आइतबार स्पष्टिकरण दिएका थिए ।

रेलमन्त्री गोयलले ‘द वायर’मा छापिएको समाचार झुठो भएको र त्यसबाट अमित शाहको मानहानि भएकोले उनका छोराले ‘द वायर’का पत्रकारविरुद्ध एक अर्ब क्षतिपूर्तिसहित मानहानिको मुद्दा दायर गर्ने बताएका थिए ।

कांग्रेस प्रवक्ता कपिल सिब्बलले उक्त समाचारलाई आधार मान्दै एकवर्षमै वार्षिक कारोबार ५० हजारबाट ८०.५ करोड भारु हुनु शंकाको विषय भएको बताउँदै जाँच गर्न माग गरेका छन् । एजेन्सी