Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते


0
Shares

विस्फोटबाट घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका छन् ।

दुवैजनाको गन्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए ।

प्रतिज्ञा पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि ‘के भएर ग्यास बलेन ?’ भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट हुन पुगेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।

विस्फोटबाट दुवैजनाको हात, खुट्टा र अनुहारमा आगोले पोलेको बताइएको छ । रासस