निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा(एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।
बैठकमा नेपाललाई अन्तिम समयमा धोका दिएका १० जना स्थायी कमिटी सदस्यहरू पनि सहभागी छन् । उनीहरू पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लगातार बैठकमा अनुपस्थित थिए ।
पार्टी एकता पक्षधर भनिएका र माधव नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरुले सोमबार नै एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आफ्ना धारणा राखेका थिए ।
सभामुख सापकोटाको प्रतिरक्षामा विज्ञप्ति जारी गर्दै ती दलले ओली र एमाले सांसदहरुले सभामुखप्रति व्यक्त गरेका विचार आपत्तिजनक र मर्यादाहीन भएको पनि उल्लेख गरेका छन् ।
काठमाडौं, भदौं ७ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख डा. विजय चौथाइवालेले सोमबार नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंमा राजनीतिक
आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै सभामुखलाई धम्कीपूर्ण चेतावनी दिनुभयो ।
सभामुखले न्यायाधीशले झैँ फैसला गरी सदनमा जानकारी गराउन नपर्ने निर्णय गर्नु विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत भएको एमालेको निष्कर्ष छ ।
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताउनुभयो ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।