स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।
देशलाई अस्थिरतामा धकेल्ने काम भइरहेको भन्दै अध्यक्ष ओलीले कम्युनिष्ट सरकार ढाल्ने प्रतिगामी गतिविधिविरुद्ध डटेर सामना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले पार्टीभित्र उन्नत स्तरको एकता रहेको दावी समेत गर्नुभयो । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकताबद्ध रहेको उहाँको भनाइ छ ।
दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।
महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।
आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।
उहाँले अध्यक्ष केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी पनि नगर्ने पनि बताउनुभयो । मुलुकको राजनीति अहिले केपी ओली र ओलीविरोधी धारमा बाँडिएको पनि उहाँले सुनाउनुभयो ।