महेश बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा « Imagekhabar – Online News Portal of Nepal


महेश बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा


0
Shares

काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षाकवचको रूपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको बस्नेतले बताउनुभयो ।

नेता बस्नेतले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गर्नुभएको छ । आधारपत्रमा बस्नेतले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरूका बारेमा उल्लेख गर्नुभएको छ ।