महाधिवेशनमा पार्टीले देशका विभिन्न पार्टीका नेताहरुलाई पनि निमन्त्रणा दिएको थियो । पार्टीमा सबै दलका नेताहरु सभागी भए पनि एकैपटक भने दलका नेताहरु सहभागी भएनन् ।
राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’
दशौं राष्ट्रिय महाधिवेशनको समापनमा सम्बोधन गर्दै उहाँले महाधिवेशन सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्था मिलाइदिएको धन्यवाद दिनुभएको हो ।
चितवनमा सौराहमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्य चयन भएका छन् ।
चितवनमा भएको १०औं महाधिवेशनमा एमाले कार्यकर्ताले आफूसँगै काम गरेका पुराना नेता भन्दा पूर्व माओवादीका नेतालाई पत्याएर पदाधिकारीका विभिन्न पदमा निर्वाचित गरेका छन् ।
माओवादीमा कुनै बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सारथीका रूपमा रहनुभएका 'बादल' अहिले ओलीको विश्वासपात्र बन्नुभएको छ ।
एमालेले मंगलबार निर्वाचनपछि अध्यक्ष लगायतका १९ पदाधिकारीको चयन गरेको छ । यद्यपि ५ सदस्य भने सर्वसम्मत भएका थिए ।
साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।