काठमाडौं । प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरिसकेका छन् । बुधबार दिनभर राजधानीमा प्रदर्शन गरेका शिक्षकहरुले बिहीबार पनि प्रदर्शन जारी राख्ने भएका छन्…