काठमाडौं । कोरोनाका कारण रोकिएको कोरियाली भाषा परीक्षा सञ्चालनको टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका हजाराैं युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको छ । कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।…