Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


लालबन्दी नगरपालिकाभित्रका विद्यालय बन्द


0
Shares

सर्लाही । लालबन्दी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) निर्देशक समितिको निर्णयअनुसार वैशाख १४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि भैतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

अधिकृत तिमल्सिनाले विद्यालय बन्द भए पनि भर्चुअल र अन्य माध्यमबाट भने पठनपाठन गराइने बताउनुभयो । नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उहाँको भनाइ छ ।

जिल्लाका २० स्थानीय तहमध्ये लालबन्दी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।