Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


शिक्षकको कोरोनाको कारण मृत्यु भए १० लाख दिन माग


0
Shares

काठमाडौ । स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग माग गरेको छ ।

दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने शिक्षकहको परिवारलाई सान्त्वना रकम प्रदान गर्न मञ्चले विज्ञप्ति जारी गरि सरकारसंग आग्रह गरेको हो ।

मञ्चले कोरोनाबाट विरामी शिक्षकलाई दिएको एक लाख उपचार खर्चलाई निरन्तरता दिन पनि अपिल समेत गरेको छ ।

सक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा केही स्थानीय तहले परीक्षा संचालनका लागि ताकेता दिने, शिक्षकहरुलाई विद्यालय जान वाद्य गराइने गरेको भन्दै यस्ता काम तुरुन्त बन्द गर्न समेत अपिल गरेको छ ।

मञ्चले सपूर्ण शिक्षकहरुलाई स्वास्थ्य सुरक्षाको उचित मापदण्ड अपनाई अनलाइन कक्षा, परियोजना कार्य वा अन्य विधि अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखित मौखिक परीक्षा बाहेक मूल्याङ्कनका अन्य साधनहरु अपनाउन समेत आग्रह गरेको छ ।