Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


दुई दिनमा ६५६ कैदीबन्दी कारागार फर्काइए

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिनुभयो । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उहाँको भनाइ छ ।…