सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा बोलेरो गाडीले ठक्कर दिई दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन्। आज मरिण गाउँपालिका–७ क्याम्पसचोक स्थित मदन भण्डारी राजमार्गमा हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको लु.प्र.०१–०० च ३८८१ नम्बरको बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट मरिण गाउँपालिका–६ कपिलाकोटडाँडाका अन्दाजी वर्ष ६१/६२ की चण्डी माया वाइबा गम्भीर घाइते भएकी छन्। उनको…