काठमाडौं । विशेष अदालतले सहसचिव एवं काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उनीसहित ७ जनाविरुद्ध दायर रिटमा सफाइ दिएको हो । ठेक्का दिँदा कम रकम प्रस्ताव गरेकोलाई ठेक्का नदिएर बढी कबुल गर्नेलाई ठेक्का दिएको आरोपमा अख्तियारले उनीहरूमाथि…