Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


१३ जना सवार भारतीय वायुसेनाको विमान बेपत्ता

काठमाडौं, जेठ २० । भारतको असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायुसेनाको एएन–३२ विमान बेपत्ता भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । विमानमा चालकदलका ८ जना सदस्य र पाँचजना यात्री गरी १३ जना रहेको बताइएको छ । सोमबार उडान भएको केही समयमा नै सो विमानको विमानस्थलको टावरसँग सम्पर्क टुटेको थियो ।