काठमाडौं, पुस ३० । इरानमा एक कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । एकजनाको जीवितै उद्धार गरिएको छ । कीर्गिस्तानको राजधानी बिस्केकबाट उडान भरेको कीर्गिस्तान एअरलाइन्सको ‘बोइङ ७०७’ कार्गो विमान सोमबार इरानको राजधानी तेहराननजिक दुर्घटनाग्रस्त भएको हो । विमानमा १६ जना व्यक्ति सवार रहेकोमा एकजना फ्लाइट इन्जिनियरको भने जीवितै उद्धार गरिएको छ…