काठमाडौं । अमेरिकाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख डान कोट्सले पद छाड्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै कोट्स आगामी अगस्ट मध्यदेखि पदमा नरहने उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले उनको ठाउँमा टेक्सासबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने जोन र्याट्क्लिफलाई नियुक्त गर्ने जानकारी दिएका छन् । र्याट्क्लिफको नेतृत्वमा देश महानतातर्फ उन्मुख हुने दाबी ट्रम्पले गरेका छन्…