वासिंटन, वैशाख २६ । इरान र अमेरिकाबीचको तिक्तता फेरि चुलिएको छ । अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अमेरिका पछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ । इरानले सम्झौताका बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र ब्रिटेनलाई यससम्बन्धी निर्णयबारे जानकारी गराएको छ । इरानी राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको…