२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


अमेरिकी राष्ट्रपति ट्रम्प संकटमा, संसदीयले समितिले माग्यो जानकारी


0
Shares

काठमाडौं, असोज १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिहेका डेमोक्र्याटिक सिनेटरले राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट जानकारी मागेका छन् ।

सिनेटरले ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भएको टेलिफोन वार्ताका बारेमा जानकारी मागेका हुन् ।

गत जुलाई २५ मा ट्रम्प र जेलेन्स्कीबीच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न आग्रह गरेको बताइएको छ ।

आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा आफ्ना प्रतिस्पर्धी मानिएका बाइडेनको राजनीतिक छबी धुमिल पार्न ट्रम्पले शक्तिको दुरुपयोग गरी विदेशी शक्तिसँग अवैध रुपमा छानबिनका लागि आग्रह गरेको आरोप छ ।

आफुले कुनै कमजोरी नगरेको दाबी गर्दै आएका ट्रम्पले विपक्षीले आफूमाथि राजीतिक आक्रमण मात्रै गरेको आरोप लगाएका छन् । तर छानबिन समितिले प्रक्रिया थालेपछि ट्रम्प समस्यामा पर्ने देखिएका छन् भने उनले ति सिनेटरविरुद्ध नै अपशब्द प्रहार गर्न थालेका छन् ।

तल्लो सदनका तीन कमिटीले जेलेन्स्कीसँगको कुराकानीको जानकारी १८ अक्टोबरभित्र उपलब्ध गराउन ह्वाइट हाउसलाई आदेश दिएका छन् । (एजेन्सी)