काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने भनिएको महाअभियोग प्रक्रियामा मतदान हुने भएको छ । महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा अनुसन्धान गरीरहेको संसदको तल्लो सदनमा उक्त मतदान हुने भएको हो । राष्ट्रपति ट्रम्पले पदीय दुरुपयोग गरेर युक्रेनसँग व्यवहार गरेको भन्दै संसदको तल्लो सदनले लामो समय छानविन गरेर महाअभियोगको प्रक्रिया अघि बढाएको हो ।…