एजेन्सी, बैशाख ९ । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताइरहेकै बेला केही राज्यले लकडाउन खुकुलो पारेर बजार खोल्न थालेका हुन् । साउदी क्यारोलाइनाका गभर्नर हेनरी म्याकमास्टरले…