एजेन्सी, जेठ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालहरु बन्द गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्चाल ट्वीटरले ट्रम्पले गर्ने ट्वीटमा झूठा विषयहरु राखेर भ्रमित गर्न थालेको भन्दै तथ्य–जाँच राखेपछि आक्रोशित बनेका उनले कम्पनी नै बन्द गराइदिने धम्की दिएका हुन् । ट्वीटरमाथि आउँदो नोभेम्बरमा हुने चुनावमा दखल दिन खोजेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल…