काठमाडौं । गत महीना कोरोनाभाइरस सङ्कटका कारण स्थगित गरिएको पुलित्जर पुरस्कार विजेताको घोषणा सोमबार गरिएको छ । पत्रकारिता, साहित्य एवं संगीत रचनाका क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई प्रदान गरिने यो अन्तर्राष्ट्रिय पुरस्कार ‘न्यूयोर्क टाइम्स’ ले विभिन्न तीन विधामा हात पारेको छ । त्यसैगरी ‘एंकरेज डेली न्यूज’, ‘प्रो पब्लिका’ पनि यस प्रतिष्ठित पुरस्कारबाट सम्मानित गरिएको छ ।…