वासिङ्टन, कात्तिक २० । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नुभएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुवै राज्यमा चार वर्षअघि राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको थियो । मिचिगन र विस्कन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको…