एजेन्सी । इजरायली सेनाले गाजापट्टीमा आक्रमण गर्दा ४८ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक रक्षा प्राधिकरणका प्रवक्ता महमुद बसालले शनिबार बिहानैदेखि इजरायली आक्रमणले विस्थापित मानिसहरूलाई आश्रय दिइरहेका आवासीय घरहरू र पालहरूमा प्रहार गरेपछि शनिबार गाजाभर ४८ जनाको शव अस्पतालहरूमा आइपुगेको बताएका हुन् । बसालले मृतकहरूमध्ये ३ जनाको मृत्यु केन्द्रिय नेत्जारिम अक्षमा रहेको सहायता वितरण…