एजेन्सी । इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः शुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् । इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् । सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको…