काठमाडौ । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ । उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्धीप निशानामा खसेको थियो ।…