एजेन्सी । अफगानिस्तानमा महिलालाई ड्राइभिङ लाइसेन्स लिन प्रतिबन्ध लगाइएको छ । तालिवानले अफगानिस्तानको सत्ता हातमा लिएपछि उसले महिलाहरूमाथि शिक्षा लगायत क्षेत्रमा बिभिन्न प्रतिबन्धहरू लगाउँदै आएकोमा पछिल्लो पटक लाइसेन्समा प्रतिबन्ध लगाएको हो । अफगानिस्तानमा तालिवानले कब्जा गरेपछि त्यहाँका महिलाहरुले सबैभन्दा धेरै पीडा भोग्नु परेको छ । तालिवान शासन आउनुअघि राजधानी काबुल लगायत अफगानिस्तानका धेरै प्रमुख शहरहरूमा…