कंगोमा भएको द्वन्द्वमा बालबालिकासहित ३१ जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Tue Aug 9 2022


कंगोमा भएको द्वन्द्वमा बालबालिकासहित ३१ जनाको मृत्यु


273
Shares

एजेन्सी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा हालसालै भएको द्वन्द्वमा बालबालिकासहित कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

कङ्गोली सेना र धेरै विद्रोही समूहहरू बीचको भएको तीव्र झडपका क्रममा उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

बेनी क्षेत्रमा भएको दोहोरो झडपका क्रममा बुधबार मात्र पाँच जनाको शव फेला परेको छ भने दर्जनौं मानिस अझै बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।

यो वर्षको सुरुदेखि इटुरी र उत्तरी किभु प्रान्तका ७ लाखभन्दा बढी मानिस घरबार छोडेर भागेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार योसँगै कङ्गोमा सशस्त्र द्वन्द्वबाट विस्थापित हुनेहरूको संख्या दिनप्रति बढ्दो रहेको छ । संसारको सबैभन्दा खराब मानवीय संकट कंगोमा देखिएको छ ।

कंगोली सेनाले पूर्वी क्षेत्रमा दर्जनौं सशस्त्र विद्रोही समूहसँग लडिरहेको छ । तिनीहरूमध्ये धेरै सन् २००३ मा देशको गृहयुद्ध समाप्त भएदेखि निष्क्रिय थिए तर ती समूह हालै सक्रिय भएको समाचारमा जनाइएको छ ।