एजेन्सी । सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विष्फोटक पदार्थ लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको हो । शिविरमा ती लडाकुहरुले…