एजेन्सी । उत्तर कोरियाले पहिलो पटक दक्षिण कोरियाली समुद्री सीमाभित्र मिसाइल प्रहार गरेको छ । अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास चलिरहेको बेला उत्तर कोरियाले आज बुधबार बिहान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । जुन समुद्री सिमांकन लाइन पार गर्दै दक्षिण कोरियाली पानीमा खसेको हो । कोरिया विभाजन भएको ७० वर्षको इतिहासमा पहिलो पटक उत्तरले…