एजेन्सी । सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा विरोध भइरहेको हाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक सहभागी रहेको बताएका छन् । प्रदर्शनको विपक्षी दल…