काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि राख्नुभएको छ । फेसबुकमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ- “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा.…