३८ वर्षका भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनी पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका हुन् । भाराङ्करले ६० प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी हाउजिङ मन्त्री सिमोन कोभेनीलाई हराएका हुन् ।…