प्रतिबन्धपछि पहिलोपटक वक्तव्य जारी गर्दै कतारका राजा अल थानीले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशलाई आह्वान गरेका हुन् । साउदी अरेबिया, इजिप्ट, बहराइन तथा संयुक्त अरब इमिरेट्स युएईले कतारमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै यी छिमेकी देशले उससँगको सम्बन्ध तोडेका हुन् । तर कतारले भने आफूले कुनै…