डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार • Image Khabar Image Khabar


डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार


Imagekhabar
१४ कार्तिक २०७४, मंगलवार ०७:२३

डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका सल्लाहकारले झुठो बोलेको स्वीकार

राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् ।

उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए ।

अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले गत जनवरीमा सोधपुछ गर्दा भने उनले आफू ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुई जनालाई भेटेको बताएका थिए ।

तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो । उनले भेटेका व्यक्तिमा एक जना रुसी महिला तथा लण्डनमा कार्यरत एक जना प्राध्यापक रहेको बताइएको छ ।

तर उनीहरुको नाम खुलाइएको छैन । ती व्यक्तिको रुसी अधिकारीहरुसँग सिधा सम्पर्क रहेको बताइएको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् ।

रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका छन् ।

रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका हुन् ।

रुस र ट्रम्प दुबैले आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको जिकिर गर्दै आएका छन् । यो विषयले राष्ट्रपति ट्रम्पलाई ठूलो नोक्सानी पुग्न सक्ने विश्लेषण गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्