राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । इजिप्टको सैनिक प्रवक्ताले आतंकवादीविरुद्ध जवाफी कारबाहीमा हवाई हमलाको तयारी गरिरहेको बताएको छ । बन्दूकधारीहरुले शुक्रबार उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका…