यमनविरुद्ध आक्रमण गरिरहेको साउदी अरब नेतृत्वको गठबन्धनले यमनका विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री बोकेका साधनलाई प्रवेश अनुमति दिएको हो । अनुमति पाएलगत्तै संयुक्त राष्ट्रसंघले सहायता सामग्री पठाउन थालेको छ । राहत सामग्री यमनस्थित सलीफ बन्दरगाहमा पुगेका छन् । साउदीले लगाएको नाकाबन्दीका कारण लाखौं मानिस खानै नपाएर मृत्युसँग जुधिरहेका थिए । औषधि बोकेका विमान राजधानी सानामा…