यमन, साउन २५ । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ । उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको…