नयाँदिल्ली, चैत १९ । दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँदिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाइमा नयाँदिल्लीका नजफगढका दुई स्थानबाट किशोरीको…