काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औं बैठक सम्पन्न भएकाे छ। पोखरामा बुधबार सम्पन्न भएकाे बैठकले नेपाल र भारतबीचको ऊर्जा सहकार्यले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको हाे । बैठकले सीमापार विद्युत व्यापारको क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्दै १ हजार ६ सय ५० मेगावाट पुर्याउने निर्णय गरेको छ । साेही निर्णयसँगै नेपालमा वर्षायाममा…