Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


सुरुङमा फसेका नागिरकको उद्धारमा विज्ञ परिचालन गर्न सरकारलाई राप्रपाको आग्रह


0
Shares

काठमाडाैं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुङमार्गभित्र फसेका नागरिकको उद्धारका लागि पावरहाउससम्म पुगेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जलविद्युत आयोजनाका पावरहाउसमा रहेका नागरिकको उद्धारमा विज्ञ परिचालन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले विपद् प्रभावित क्षेत्रमा राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै स्थानीय तहलाई परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको बताउनु भयो । सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पठाए पनि स्थानीय निकायसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन नसकेको शाहीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले सुरुङभित्र फसेका नागगिरकको अहिले पनि उद्धार गर्न सकेका छैनौँ । जो बाहिर देखिनुभएको छ उहाँहरु बाहिर निस्किसक्नुभएको मान्छे हो । सुरुङ मार्गमा रहेका पावरहाउसमा मान्छे जीवित हुनसक्छन् । त्यै भएको कारण पनि हामीले सरकारलाई के आग्रह गरिरहेका छौँ भने सुरुङमार्गभित्र टनेलमा मात्र छिरेर भएर पावरहाउसम्म पुग्नुपर्यो । त्यसका लागि विज्ञ परिचालन गरौँ भनेका छौँ । अर्को कुरा राहत वितरणको छ । आज हामीले राहत वितरणमा तल्लो निकायलाई प्रयोग गर्न पनि आग्रह गरेका छौँ । यहाँबाट राहत गएको छ । तर प्रभावित क्षेत्रका स्थानीय निकायहरुसँग आवश्यक समन्वय हुन नसक्दा पीडितले राहत पाउन सक्नुभएको छैन । अहिले देश र विदेशबाट साथी भाईहरुले गरिरहनुभएको सहयोगको लागि पनि धन्यावाद ।’
उहाँले विपद्का बेला देश तथा विदेशबाट सहयोग गर्ने सबैप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो ।