काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरुको बलिदान खेर जान नदिने बताउनुभएको हो । उहाँले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताउनु भयो…