दीपक श्रेष्ठकाठमाडौं । सिभिल सहकारीका आरोपीहरूमाथि अनुसन्धान भइरहँदा निक्षेपकर्ताको अरबौं रुपैयाँको सुरक्षाका विषयमा कसैले आश्वस्त बनाउन सकिरहेका छैनन् । सहकारीको नियमन गर्ने निकाय निक्षेप नडुब्ने आश्वासन दिए पनि विश्वास दिन असमर्थ छ । बरु निक्षेपकर्तालाई प्रहरीमा उजुरी दिन उसको सल्लाह छ । पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी…