सुभानु आचार्य (रासस) ललितपुर, साउन २२ । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलोपटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ताअघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउन्ड…